माओवादी केन्द्रको स्थायी समिति भारतको नियन्त्रणमा रहेको खुलासा
टीमका नेताहरुमा ९५ प्रतिशत भारतको प्रभाव र नियन्त्रणमा रहेको सोही पार्टीका नेताहरुको स्वीकारोक्ति छ । ‘हाम्रो पार्टीको उपल्लो स्तरको नेताहरुको यो टीम यति तल्लो र दलाली स्तरमा झरेर आउला भन्ने हामीले सोचेका समेत थिएनौं ।’ पछिल्लो चरणमा बादलको टीमबाट एकतामा गएका माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले भने– ‘पार्टी नेतृत्वको यति ठूलो टीम भारतीय प्रभाव र नियन्त्रणमा होला भनेको भए हामीहरु एकता प्रक्रियामा नै आउने थिएनौं ।’
नेपालको राजनीतिमा भारतीयहरु निकै हस्तक्षेपकारी भूमिकाकासाथ आउने भएपछि माओवादी केन्द्रका उपल्लो स्तरका सबै नेताहरु अब नेपालको राजनीतिक केन्द्रमा पुग्न भारतको दलाली र आर्शिवाद चाहिन्छ भन्ने मनसायका साथ भारतको प्रभाव र नियन्त्रणमा पुगेको माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुको निष्कर्ष रहेको छ ।
माओवादी केन्द्रका अहिलेसम्मका सबै गतिविधिहरु भारतको निर्देशन र नियन्त्रणमा संचालित छ भन्ने कुरा पनि ओली नेतृत्वको सरकार बर्हिगमन हुनु र प्रचण्ड नेतृत्व सरकारको आगमन हुनुले स्पष्ट देखाएको छ । जनपाटीबाट
Leave a Comment